परराष्ट्रमन्त्री खनाल भन्छन्, गैरआवासीय नेपाली विधेयकको मस्यौदामाथि व्यापक छलफल हुन्छ
परराष्ट्रमन्त्री शिशिर खनालले हाल छलफलका लागि सार्वजनिक गरिएको गैरआवासीय नेपालीसम्बन्धी विधेयकको मस्यौदामा सबै सरोकार भएका निकायका प्रतिनिधिसँग व्यापक छलफल हुने बताएका छन्। एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) को प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री खनालले सार्वजनिक मस्यौदालाई ‘शून्य ड्राफ्ट’ भन्दै यसमा बृहत् छलफलपछि मात्र संसद्मा पेस गरिने आश्वासन दिए। एएनओले भने मस्यौदाका केही बुँदा अव्यावहारिक रहेको र विदेशिएका नेपालीलाई नेपालसँग जोड्न पर्याप्त नभएको भन्दै ध्यानाकर्षण गराएको थियो।