वैशाख महिनामा लागूऔषध कारोबारमा संलग्न १ हजार ५६ जना पक्राउ
प्रहरीले गत वैशाख महिनाभर देशभरबाट लागूऔषध कारोबारमा संलग्न १ हजार ५६ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार यस अवधिमा विभिन्न प्रकारका लागूऔषधहरू पनि ठूलो परिमाणमा बरामद भएका छन्।