अमेरिका र क्युबाबीच बढ्दो तनावका बीच अमेरिकी विमानवाहक युद्धपोत 'युएसएस निमिट्ज' आफ्नो आक्रमण समूहसहित क्यारेबियन सागर क्षेत्रमा पुगेको छ। यो तैनाथी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबाविरुद्ध कडा अभिव्यक्ति दिन थालेपछि भएको हो। यसैबीच, अमेरिकी न्याय विभागले सन् १९९६ मा दुई नागरिक विमान खसालेको घटनामा क्युबाका पूर्वराष्ट्रपति राउल क्यास्ट्रोविरुद्ध हत्याको अभियोग दर्ता गरेको छ।
11 समाचार
·
5 दिन अघि