खानेपानी महासंघले सरकारलाई १५ बुँदे ध्यानाकर्षण पत्र बुझायो
खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालले खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरूका समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विभिन्न मन्त्रालयहरूमा १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । महासंघले खानेपानी तथा सरसफाइ सेवाको दिगो व्यवस्थापन, उपभोक्ता संस्थाहरूको अधिकार संरक्षण, नीति सुधार र स्थानीय तहसँगको समन्वय प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ ।
4 समाचार
·
2 दिन अघि
खानेपानीमा २५% आयकर हटाउन र संकल्प प्रस्ताव कार्यान्वयन गर्न महासंघको माग
राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ, नेपालले खानेपानीमा लाग्दै आएको २५ प्रतिशत आयकर हटाउन र राष्ट्रिय सभाबाट पारित संकल्प प्रस्ताव तत्काल कार्यान्वयन गर्न माग गरेको छ। महासंघका अध्यक्ष खेमराज ओलीले विगत लामो समयदेखि शहरी खानेपानी क्षेत्रको सुधारका लागि पहल गर्दै आएको र सरकारले यस विषयमा गम्भीर हुनुपर्ने बताए। ओलीले माग पूरा नभए ३ लाख कर्मचारीको रोजगारीको जिम्मा सरकारलाई लगाउने चेतावनी दिएका छन्।
4 समाचार
·
4 दिन अघि
खानेपानीमा २५% आयकर हटाउन राष्ट्रिय खानेपानी महासंघको माग, कार्यान्वयन नभए संघर्षको चेतावनी
राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ, नेपालले खानेपानीमा लाग्दै आएको २५ प्रतिशत आयकर हटाउन माग गरेको छ। महासंघले राष्ट्रिय सभाबाट पारित संकल्प प्रस्ताव तत्काल कार्यान्वयन गर्नुपर्ने भन्दै सरकार सकारात्मक नभए संघर्ष गर्ने चेतावनी दिएको छ।
4 समाचार
·
6 दिन अघि