हुम्लामा भेडा चराउन गएका युवकको लेक लागेर मृत्यु
हुम्ला र बाजुरा जिल्लाको सीमा विवादित रानी खर्क लाम्पाटा क्षेत्रमा भेडा चराउन गएका २८ वर्षीय इव रोकायाको लेक लागेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काका अनुसार, थाली सामुदायिक वन क्षेत्रमा मङ्गलबार दिउँसो रोकायाको मृत्यु भएको हो।
3 समाचार
·
5 घण्टा अघि
बाजुरा-हुम्ला सीमा विवादमा झडप: चार घाइतेको हेलिकप्टरबाट उद्धार
बाजुराको हिमाली गाउँपालिका-३ लाम्पाटामा अस्थायी प्रहरी चौकी निर्माण र सीमा विवादलाई लिएर हुम्ला र बाजुराका स्थानीयबीच झडप हुँदा ६ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनालाई हेलिकप्टरमार्फत उद्धार गरी थप उपचारका लागि सुर्खेत पठाइएको छ।
28 समाचार
·
3 दिन अघि
बाजुरामा प्रहरी चौकी निर्माण क्रममा झडप, एक प्रहरीसहित पाँच घाइते
बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटामा प्रहरी चौकी निर्माणको विषयलाई लिएर बाजुरा र हुम्लाका स्थानीयबीच झडप हुँदा एक प्रहरीसहित पाँच जना घाइते भएका छन्। लाम्पाटा क्षेत्रमा जडीबुटी र पर्यटकीय सम्भावना रहेकाले दुई जिल्लाका बासिन्दाबीच हरेक वर्ष झडप हुने गरेको छ।
5 समाचार
·
4 दिन अघि