बागमती नदीमा डुबेर बेपत्ता भएका दुई युवकको शव फेला
सर्लाहीको बागमती नदी तर्ने क्रममा डुबेर बेपत्ता भएका लालबन्दी नगरपालिकाका रोहित महतो र गणेश महतोको शव फेला परेको छ। शनिबार पाँच जना साथीहरूसँग घुम्न गएका उनीहरू नदी तर्ने क्रममा बगाइएका थिए।
26 समाचार
·
3 दिन अघि
बागमती नदीमा डुबेर बेपत्ता दुई युवकको शव फेला, तीन जना सकुशल
सर्लाहीको बागमती नदी तर्ने क्रममा डुबेर बेपत्ता भएका दुई युवकको शव फेला परेको छ। शनिबार दिउँसो रौतहट र सिन्धुलीको सिमानामा पर्ने झप्सी झुलुङ्गे पुल नजिकै नदी तर्ने क्रममा पाँच जना युवक बेपत्ता भएका थिए। बेपत्ता भएकामध्ये रोहित महतो र गणेश महतोको शव फेला परेको छ भने सहमद मोमिन, मोहम्द अखतर र श्याम भण्डारी सकुशल भेटिएका छन्।
4 समाचार
·
3 दिन अघि
सर्लाहीको वाग्मती नदीमा बेपत्ता दुई युवक मृत फेला, तीन सकुशल
सर्लाहीको वाग्मती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका पाँच युवामध्ये दुई जनाको शव फेला परेको छ भने तीन जना सकुशल भेटिएका छन्। शनिबार दिउँसो रौतहट र सिन्धुलीको सिमानामा पर्ने झपडी झोलुंगे पुलमुनिबाट नदी तर्ने क्रममा उनीहरू बेपत्ता भएका थिए।
3 समाचार
·
3 दिन अघि