पोखरा महानगरपालिकाले फिर्केखोलाका अतिक्रमित संरचना हटाउन डोजर अभियान सुरु गर्यो
पोखरा महानगरपालिकाले फिर्केखोलाको प्राकृतिक बहाव कायम राख्ने र खोला संरक्षण गर्ने उद्देश्यले खोला मिचेर निर्माण गरिएका अवैध संरचना हटाउन डोजर अभियान सुरु गरेको छ। महानगरले दिएको सूचनाको म्याद सकिएपछि आइतबारदेखि तीन विभिन्न स्थानबाट एकैसाथ यो अभियान अघि बढाएको हो। महानगर प्रमुख धनराज आचार्य आफैँ फिल्डमा उपस्थित भएर अभियानको अनुगमन तथा नेतृत्व गरिरहेका छन्।