विद्युत् नियमन आयोगमा अध्यक्ष र सदस्य नियुक्तिका लागि आवेदन आह्वान
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका रिक्त अध्यक्ष र चार सदस्य पदका लागि खुला प्रतिस्पर्धामा आवेदन आह्वान गरेको छ। यसअघि अध्यादेशका कारण पदाधिकारी पदमुक्त भएपछि आयोग नेतृत्वविहीन बनेको थियो। मन्त्रीस्तरीय निर्णयबाट तीन सदस्यीय सिफारिस समिति गठन गरिएको छ।