बालबालिकाको आधाभन्दा बढी सुरक्षित पानी र शौचालयको पहुँच बाहिर: सर्वेक्षण
नेपालका करिब आधाभन्दा बढी बालबालिका अझै पनि सुरक्षित पिउने पानी र व्यवस्थित शौचालयको पहुँचबाट वञ्चित रहेको हालैको 'बालबालिका बहुसूचक सर्वेक्षण २०२४/०२५' ले देखाएको छ। सर्वेक्षण अनुसार १०० बालबालिकामध्ये ४० जना मात्र शौचालयको पहुँचमा छन् भने ४७ जनाले मात्र सुरक्षित पिउने पानी पाएका छन्। यो तथ्याङ्कले नेपाल सरकारको सन् २०३० सम्ममा ९० प्रतिशत बालबालिकालाई यी आधारभूत सेवामा पुर्याउने दिगो विकास लक्ष्य हासिल गर्न ठूलो चुनौती रहेको औँल्याएको छ।
4 समाचार
·
2 दिन अघि