सरकारद्वारा २९ सहसचिवको एकैपटक सरुवा
सरकारले प्रशासनिक कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यले २९ जना सहसचिवहरूको एकैपटक सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय, आयोग र प्रदेशमा कार्यरत सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो। यस निर्णयअनुसार नारायणप्रसाद भण्डारीलाई सार्वजनिक खरिद अनुगमन कार्यालय र रामकुमार श्रेष्ठलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरिएको छ।
9 समाचार
·
19 घण्टा अघि