हेटौंडाको रोयल पार्टी प्यालेसमा आगलागी हुँदा करिब २० लाखको क्षति
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ भुटनदेवी मोडस्थित रोयल पार्टी प्यालेसमा करेन्ट सर्ट भई आगलागी हुँदा करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहीबार दिउँसो भएको आगलागीलाई प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा करिब २० मिनेटमा नियन्त्रणमा लिइएको थियो। घटनामा कुनै मानवीय वा चौपाया क्षति भएको छैन।
3 समाचार
·
3 घण्टा अघि
कैलालीका किसान केराखेतीभित्र बहुबाली खेतीमा आकर्षित
कैलालीका किसानहरू केराखेतीसँगै मकै, खुर्सानी र तोरीलगायतका बालीहरू पनि लगाउन थालेका छन्। टीकापुर नगरपालिकाका किसान टेकेन्द्र धामीले आफ्नो साढे ६ बिघा जमिनमा केराखेतीसँगै मकैखेती गरी दोस्रो बाली लिने तयारी गरेका छन्। यसरी बहुबाली खेती गर्दा विपद्बाट जोगिनुका साथै दुईभन्दा बढी बाली उत्पादन लिन सकिने किसानहरूको भनाइ छ।
13 समाचार
·
3 दिन अघि
वनस्पति घ्यूलाई शुद्ध घ्यू भन्दै बिक्री गर्ने फर्ममाथि तनहुँमा कारबाही
तनहुँमा डेरी घ्यू जस्तो देखिने वनस्पति घ्यू (बेकरी सर्टेनिङ) लाई शुद्ध घ्यू भन्दै उपभोक्तालाई झुक्याएर बिक्री वितरण गर्ने गरेको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले अनुगमन र कारबाही तीव्र पारेको छ। संयुक्त अनुगमन टोलीले ठाँटीपोखरी बजारमा अवैध सामग्री जफत गरी नष्ट गर्ने प्रक्रिया अघि बढाएको छ।
3 समाचार
·
3 दिन अघि