पत्रकार महासंघ र समाजवादी प्रेस संगठनले बाजुरा घटनाको छानबिनको माग गरे
नेपाल पत्रकार महासंघ र समाजवादी प्रेस संगठन नेपालले बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटामा समाचार संकलनका क्रममा रहेका पत्रकारमाथि दुर्व्यवहार, सञ्चार सामग्री तोडफोड र धम्की दिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । दुवै संगठनले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि तत्काल कारबाही गर्न माग गरेका छन् ।
5 समाचार
·
15 घण्टा अघि