सरकारले शिक्षा क्षेत्रका लागि २१८ अर्ब ३० करोड बजेट विनियोजन गर्यो, मेडिकल सिट बढाइने
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि शिक्षा क्षेत्रमा २१८ अर्ब ३० करोड बजेट विनियोजन गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट भाषणका क्रममा मेडिकल शिक्षाको सिट सङ्ख्यामा उल्लेख्य वृद्धि गरिने र दलित बालबालिकाले पाउँदै आएको पोषण भत्ता दोब्बर पारिने घोषणा गरेका छन्। यसका साथै, विद्यालय नक्सांकन, शिक्षक क्षमता परीक्षण र सीप केन्द्रित शिक्षालाई प्राथमिकता दिइनेछ।