संविधान संशोधनका लागि निजी क्षेत्रसँग सरकारको छलफल, सुझाव संकलन
संविधान संशोधनका लागि गठित कार्यदलले निजी क्षेत्रका उद्योगी तथा व्यवसायीसँग छलफल गरी सुझाव संकलन गरेको छ। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार एवं कार्यदलका संयोजक असीम शाहले निजी क्षेत्रसँग सहकार्य नगरी आर्थिक विकास सम्भव नभएको र सरकार निजीमैत्री नीति लिई अघि बढेको बताए। उनले व्यवसायीलाई निर्धक्क भएर व्यवसाय सञ्चालन गर्न आग्रह गर्दै गम्भीर आपराधिक गतिविधिमा संलग्नमाथि मात्र कानुनी कारबाही हुने दाबी गरे।