वैदेशिक रोजगारी ठगीमा संलग्न ६ जना पक्राउ, ९७ लाखभन्दा बढी ठगिएको आरोप
वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभन देखाएर ९७ लाख ५८ हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रामबहादुर आले मगर, आशिष कार्की, लोकबहादुर श्रेष्ठ, तुलसा पुन मगर, कृष्णप्रसाद पोखरेल र प्रवीण श्रेष्ठ छन्। उनीहरूले क्यानडा, न्युजिल्याण्ड, बेलायत, अमेरिका, दुबई र सर्बिया पठाउने भन्दै पीडितहरूबाट रकम असुल गरेका थिए।