नवलपरासीमा ट्रकले किच्दा नेपाली सेनाका सिपाहीको मृत्यु
नवलपरासीमा दुई मोटरसाइकल ठोक्किएर सडकमा लडेका नेपाली सेनाका सिपाही दिनेश गिरीलाई पछाडिबाट आएको ट्रकले किच्दा मृत्यु भएको छ । यो दुर्घटना नारायणगढबाट कावासोतीतर्फ जाँदै गरेको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको अर्को मोटरसाइकल आपसमा ठोक्किएपछि भएको हो । गम्भीर घाइते गिरीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।