क्यालिफोर्नियामा रासायनिक ट्याङ्की चुहावट, हजारौँ विस्तापित
▸ यस स्टोरीको अंश: क्यालिफोर्नियामा रासायनिक ट्याङ्की चुहावट: ४० हजारभन्दा बढीलाई घर छाड्न आदेश, विस्फोटको उच्च जोखिम
अमेरिकाको क्यालिफोर्नियामा एउटा रासायनिक ट्याङ्की चुहावट हुन थालेपछि दशौं हजार मानिसहरूलाई आफ्नो घर छोड्न आदेश दिइएको छ । लस एन्जलसको दक्षिणपूर्वमा रहेको ओरेन्ज काउन्टीको गार्डेन ग्रोभ क्षेत्रमा भएको सो घटनामा २६ हजार लिटर मिथाइल मेथाक्रिलेट रहेको बताइएको छ । गार्डेन ग्रोभ प्रहरी प्रमुख अमिर एल–फर्राले करिब ४० हजार मानिस प्रभावित भएको र हजारौंले आफ्नो घर छोड्न अस्वीकार गरेको बताएका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›