सुर्खेतमा टिपरको ठक्करबाट पैदलयात्री कमल वलीको मृत्यु
सुर्खेतमा टिपरको ठक्करबाट घाइते भएका पैदलयात्री कमल वलीको उपचारका क्रममा मृत्यु भएको छ। भेरीगङ्गा नगरपालिका-२ सुर्खेतका २३ वर्षीय वलीलाई बुधबार राति टिपरले ठक्कर दिएको थियो। घटनापछि घाइतेका बुबाले उनलाई कर्णाली प्रदेश अस्पताल पुर्याएका थिए, जहाँ उपचारका क्रममा उनको मृत्यु भएको हो।