सरकारी सेवामा महिला कर्मचारी ३० प्रतिशत पुगे, २६ हजार समावेशी विज्ञापनबाट सिफारिश
आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार सरकारी सेवामा महिला कर्मचारीको सङ्ख्या ३० प्रतिशत पुगेको छ, जुन २०६५ सालमा १२ प्रतिशत थियो। समावेशी विज्ञापन नीति लागू भएपछि २६ हजारभन्दा बढी उम्मेदवार सरकारी सेवामा सिफारिश भएका छन्।