कृषि मन्त्री चौधरी भन्छिन्: धान रोपाइँमा मल अभाव हुँदैन, भारतसँग ५० हजार टन खरिद प्रक्रिया अघि बढ्यो
कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले धान रोपाइँको सिजनमा मलको अभाव हुन नदिन सरकारले विशेष पहल गरिरहेको बताएकी छन्। उनले मध्यपूर्वको द्वन्द्वका कारण मल आपूर्तिमा समस्या आएको उल्लेख गर्दै भारतसँग ५० हजार मेट्रिक टन मल खरिद प्रक्रिया अघि बढाइएको जानकारी दिइन्। मन्त्री चौधरीले चालु आर्थिक वर्षको असार मसान्तसम्म करिब ६ लाख मेट्रिक टन मल किसानलाई उपलब्ध गराइने दाबी गरिन्, जुन अहिलेसम्मकै सबैभन्दा बढी परिमाण हुनेछ।