महोत्तरीमा विद्यालय हिँडेका बालक बेपत्ता
▸ यस स्टोरीको अंश: महोत्तरीमा विद्यालय हिँडेका १२ वर्षीय गौतम यादव सात दिनदेखि बेपत्ता, अपहरण वा बेचबिखनको आशंकामहोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–१२ थरुवाही गाउँबाट विद्यालय हिँडेका १२ वर्षीय गौतम यादव सात दिनदेखि बेपत्ता छन् । गौतम जेठ ७ गते बिहान घरबाट विद्यालय गएका थिए । विद्यालय समय सकेर बालक गौतम घर नफर्केपछि परिवारजनले विद्यालयमा सम्पर्क गर्दा उनी विद्यालय नै नआएको जानकारी पाएका थिए । बुवा आशुतोष र आमा पुनमले आफ्नो छोरा अपहरणमा परेको वा बेचिएको हुनसक्ने आशङ्का गर्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीमा निवेदन दर्ता गराएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›