यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय
▸ यस स्टोरीको अंश: मन्त्रिपरिषद् बैठकले सहकारी प्रतिवेदन सार्वजनिक गर्ने, धानको समर्थन मूल्य तोक्ने र महानिर्देशक नियुक्त गर्ने निर्णय गर्यो
मन्त्रिपरिषद् बैठकले सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने लगायत चार निर्णय गरेको छ । बैठकले नेपाल–चीन जोड्ने विद्युत् प्रसारण लाइन आयोजना कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ । साथै, वर्षे धान बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको छ भने सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय भएको छ । यसैगरी, नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव श्री मुकेश डंगोललाई नियुक्ति गर्ने निर्णय गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›