अन्तर्राष्ट्रिय आलु दिवस मनाइयो: जीविकोपार्जन र खाद्य सुरक्षामा आलुको महत्वमा जोड
विश्वभर विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय आलु दिवस मनाइएको छ, जसको नारा ‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’ रहेको छ। संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) को आह्वानमा सन् २०२४ देखि मनाउन थालिएको यो दिवसले आलु उत्पादन, वितरण र उपभोगसँग जोडिएका सरोकारवालालाई समेट्दै दिगो कृषि–खाद्य प्रणाली प्रवर्द्धन गर्ने उद्देश्य लिएको छ।