सरकारले निजामती सेवा विधेयकको मसौदा संसदमा दर्ता गर्ने तयारी गर्दै
सरकारले सङ्घीय निजामती सेवा विधेयकको मसौदा चालु संसद् अधिवेशनमै पेस गर्ने तयारी गरेको छ । विभिन्न निकायबाट राय लिने काम भइरहेको छ र यसमा १० हजार सुझाव समावेश गरिएको छ । यस विधेयकको मसौदा मन्त्रिपरिषद् हुँदै संसद्मा पेस गरिनेछ ।