काठमाडौं महानगरपालिकाद्वारा पौडी प्रतियोगितालाई मुख्य प्रायोजन
काठमाडौं महानगरपालिकाले नेपाल पौडी संघसँगको सहकार्यमा 'नेपाल एक्वेटिक्स काठमाडौं महानगर मेयर कप पौडी प्रतियोगिता' आयोजना गर्न मुख्य प्रायोजन सम्झौता गरेको छ। सम्झौता अनुसार, यो प्रतियोगिता जेठ २३ र २४ गते सातदोबाटो पौडी पोखरीमा सञ्चालन हुनेछ।