नेपाली काँग्रेसका नेता सिटौला भन्छन्, 'राजनीति सही दिशामा छैन, लोकतन्त्रको रक्षाका लागि पार्टी जाग्नुपर्छ'
नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले देशको वर्तमान राजनीतिक अवस्था सही दिशामा नभएको भन्दै लोकतन्त्र र संविधानको रक्षाका लागि पार्टी कार्यकर्ताहरू पुनः जागरुक हुनुपर्ने बताएका छन् । जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राज्य सञ्चालनका प्रमुख अंगहरू सन्तोषजनक नरहेको र नेतृत्वमा जवाफदेहिताको अभाव देखिएको टिप्पणी गरे ।