माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको वेयरगेट उद्घाटन, निर्माण अन्तिम चरणमा
रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको पानी बहाव नियन्त्रण गर्ने वेयरगेटको उद्घाटन गरिएको छ। नेपालका लागि गणतन्त्र कोरियाली राजदूत पार्क थेयङले उद्घाटन गरेसँगै परियोजना निर्माण अन्तिम चरणमा पुगेको नेपालस्थित गणतन्त्र कोरियाली दूतावासले जनाएको छ। यस आयोजना नेपालको जलविद्युत् क्षेत्रमा सबैभन्दा ठूलो प्रत्यक्ष विदेशी लगानी भएको परियोजना हो।