म्याग्दीको जलजलामा पर्यटकका लागि ‘गोठस्टे’ सञ्चालन
म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल जलजलामा पर्यटकको सुविधाका लागि स्थानीय पशुपालक किसानहरूले ‘गोठस्टे’ (गोठबास) सञ्चालन गरेका छन्। बस्ती र होटल नभएको यस क्षेत्रमा पर्यटकलाई खाने र बस्ने सुविधा दिन यो नयाँ अवधारणा ल्याइएको हो। ढोरपाटन शिकार आरक्षको नीतिगत व्यवस्थाका कारण पक्की संरचना बनाउन नमिल्ने भएपछि गोठमै पर्यटक राख्ने व्यवस्था मिलाइएको छ।