एमालेद्वारा केन्द्रीय सदस्यलाई पालिका तहमा परिचालन गरी ‘पार्टी जागरण अभियान’ सुरु
नेकपा (एमाले) ले आगामी स्थानीय तह र प्रदेश निर्वाचनलाई लक्षित गर्दै देशव्यापी ‘पार्टी जागरण अभियान’ सञ्चालन गर्ने भएको छ। यस अभियानलाई प्रभावकारी बनाउन पार्टीका पदाधिकारीबाहेकका सबै केन्द्रीय सदस्यलाई पालिका केन्द्रित जिम्मेवारी दिइएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्र दिवसका अवसरमा अन्तरपार्टी निर्देशन (अपानि)-२ जारी गर्दै यसको औपचारिक घोषणा गरेका हुन्।