काठमाडौं महानगरमा ११ कक्षाको छात्रवृत्तिका लागि २६ हजार आवेदन
काठमाडौं महानगरपालिकाभित्रका विद्यालयहरूमा कक्षा ११ र १२ मा छात्रवृत्ति प्राप्त गर्नका लागि २६ हजार ८८८ जना विद्यार्थीले अनलाइन आवेदन फाराम भरेका छन्। यसमध्ये १६ हजार ५४९ जना छात्र, १० हजार ३३३ छात्रा र ६ जना अन्य छन्। महानगरपालिकाका अनुसार २३ हजार ४९९ जनाको आवेदन स्वीकृत भएको छ भने ३ हजार ३०२ जनाको विवरण सच्याउनुपर्ने देखिएको छ।