लम्कीचुहा प्रादेशिक अस्पताल विवादबीच उद्घाटन, सुरक्षा कडा
कैलालीको लम्कीचुहा प्रादेशिक अस्पताल स्थानीय तहसँगको विवादका बीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहद्वारा उद्घाटन गरिएको छ। अस्पताल सञ्चालन तथा व्यवस्थापनको विषयमा प्रदेश सरकार र लम्कीचुहा नगरपालिकाबीच सहमति हुन नसक्दा लामो समयदेखि असमझदारी कायम रहेको छ। सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै अस्पताल परिसर र आसपासका सडक क्षेत्रमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।