देशभरका अस्पतालमा डायलासिस सेवा विस्तार गर्न सांसद खातुनको माग

यस स्टोरीको अंश: सांसद सिद्धिकीद्वारा देशभरका सरकारी अस्पतालमा डायलासिस सेवा विस्तारको माग
newspolar.com · 2 दिन अघि

नेकपा (एमाले) की सांसद साजिदा खातुन सिद्धिकीले देशभरका सरकारी अस्पतालहरूमा डायलासिस मेसिनको पर्याप्त व्यवस्था गरी सेवा विस्तार गर्न सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सिद्धिकीले राप्ती प्रादेशिक अस्पतालमा डायलासिस मेसिनको अभावका कारण बिरामीहरूले ठूलो सास्ती भोग्नुपरेको प्रति सरकारको ध्यानाकर्षण गराउनुभएको हो । मेसिनको अभावले गर्दा बिरामीहरू उपचारका लागि काठमाडौँ आउनुपर्ने बाध्यता रहेको र यसले गर्दा उनीहरूमाथि ठूलो आर्थिक भार थपिएको उहाँले बताउनुभयो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू