प्रतिनिधिसभामा सांसदहरूले जनजीवनका समस्याबारे सरकारको ध्यानाकर्षण गराए
प्रतिनिधिसभाको बैठकमा सांसदहरूले जनजीवनका विभिन्न समस्याहरूतर्फ सरकारको ध्यानाकर्षण गराएका छन्। सांसदहरूले डायलाइसिस मेसिनको उपलब्धता, मुगुमा लेक लागेर मृत्यु भएका व्यक्तिको शव उठाउन नसकिएको, बाघको आक्रमणबाट घाइते भएका परिवारको उद्धार, ट्राफिक व्यवस्थापनमा सुधार, बेमौसमी वर्षा र असिनाले कृषिबालीमा पुर्याएको क्षति, बाँदरको समस्या, विदेशमा रहेका नेपालीको शव स्वदेश ल्याउने समस्या, हावाहुरीले बिजुली अवरुद्ध भएको र संसद भवनको व्यवस्थापन जस्ता विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।