सरकारले काठमाडौंमा 'सार्वभौम एआई कम्प्युट केन्द्र' स्थापना गर्ने, नेपाल टेलिकमको सेयर सर्वसाधारणमा बिक्री गरिने
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत काठमाडौंको स्यूचाटारमा देशकै पहिलो 'सार्वभौम एआई कम्प्युट केन्द्र' स्थापना गर्ने घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै यो केन्द्रले एआई उद्यमी र स्टार्टअपलाई सहुलियतपूर्ण कम्प्युट क्षमता उपलब्ध गराउने बताएका छन्। यसैगरी, सरकारले नेपाल टेलिकमको ६६ प्रतिशत सेयर कायम राख्दै बाँकी सेयर पुस मसान्तभित्र सर्वसाधारणमा बिक्री गर्ने घोषणा गरेको छ।