अनुसन्धान तथा नवप्रवर्तनका लागि पुँजीगत खर्चको एक प्रतिशत विनियोजन
▸ यस स्टोरीको अंश: सरकारले काठमाडौंमा 'सार्वभौम एआई कम्प्युट केन्द्र' स्थापना गर्ने, नेपाल टेलिकमको सेयर सर्वसाधारणमा बिक्री गरिने
सरकारले विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तनका लागि पुँजीगत खर्चको न्यूनतम एक प्रतिशत रकम विनियोजन गर्ने घोषणा गरेको छ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै नवउद्यम, स्टार्टअप, नवप्रवर्तन तथा उद्यमशीलतालाई आर्थिक रूपान्तरणका आधार बनाइने बताए। बजेटमा व्यक्तिगत क्रेडिट स्कोरिङ प्रणाली लागू गर्दै ‘पियर टू पियर’ लेनदेनलाई नियमनसहित सञ्चालन गरिनेछ र बैंकिङ क्षेत्रमा बढ्दो खराब कर्जा व्यवस्थापन गर्न ‘राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी’ स्थापना गरिने उल्लेख छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित