निर्माण व्यवसायी १० अर्बभन्दा बढी नोक्सानीमा, मूल्य समायोजनको माग
मध्यपूर्वमा जारी युद्धका कारण इन्धन र निर्माण सामग्रीको मूल्यमा अत्यधिक वृद्धि हुँदा निर्माण व्यवसायीहरूले १० अर्बभन्दा बढी नोक्सानी बेहोरेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघले सरकारसँग तत्काल मूल्य समायोजनको माग गरेको छ। महासंघले विज्ञप्ति जारी गर्दै डिजेल र बिटुमिनको मूल्यमा भएको भारी वृद्धिका कारण निर्माण उद्योग ठप्प हुने अवस्थामा पुगेको र यसले समग्र अर्थतन्त्रमा प्रतिकूल प्रभाव पारेको जनाएको छ।