सरकारले २ करोडसम्म लगानी गर्ने किसानलाई ४०% अनुदान दिने, कृषि क्षेत्र सुधारको घोषणा
सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत न्यूनतम २ करोडसम्म कृषि तथा पशुजन्य उत्पादनमा लगानी गर्ने किसानलाई ४० प्रतिशतसम्म प्रोत्साहन अनुदान दिने घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै कृषि उत्पादन, प्रशोधन, वितरण र बजारीकरणलाई बृहत् सुधार गर्ने नीति लिई कृषिलाई सम्मानजनक र लाभमुखी व्यवसायका रूपमा रूपान्तरण गर्ने बताएका छन्। यसका साथै, कृषि र पशु बीमाको प्रिमियममा ८० प्रतिशत अनुदान दिइनेछ।