प्रतिनिधि सभामा चलचित्र विधेयकमाथि छलफल, विपक्षको संघीयता अनुकूल नभएको आरोप
सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले राष्ट्रियसभामा उत्पत्ति भएको चलचित्र विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभामा पेस गरेका छन्, जसपछि विधेयकको सैद्धान्तिक विषयमाथि छलफल सुरु भएको छ। विपक्ष दलका सांसदहरूले भने विधेयक संघीयता अनुकूल नभएको र चलचित्र क्षेत्रलाई नियन्त्रण गर्ने मनसाय राखेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।