नेपाल न्युज CanadaNepal Nagarik News - Home Online Tv Nepal
4 स्रोत · 4 समाचार
सुरु 1 दिन अघि · अपडेट 18 घण्टा अघि

रोल्पामा हावाहुरीले ढलेको रूखले च्याप्दा दुई महिलाको मृत्यु

Photo · nepalnews.com

रोल्पाको थवाङ गाउँपालिकामा हावाहुरीका कारण ढलेको रूखले च्याप्दा दुई महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा ६० वर्षीया रुजु झाँक्री र ५० वर्षीया मनबुजी झाँक्री रहेका छन्। रुजुको घटनास्थलमै मृत्यु भएको थियो भने मनबुजीको उपचारका लागि पोखरा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।

  • दुवै महिला सोमबार बेलुकी थवाङ आधारभूत अस्पतालमा बिरामी भेटेर घर फर्किने क्रममा हावाहुरीसहित पानी पर्दा बाटोमा ढलेको उत्तिसको रूखले च्यापिएका थिए।
  • घटनास्थलमा पुगेको प्रहरी टोलीले उद्धार कार्य गरेको थियो।
  • यसैबीच, झापा, मोरङ र सुनसरीमा आएको हावाहुरीले एक जनाको मृत्यु भएको छ भने भौतिक संरचनामा ठूलो क्षति पुगेको छ।
शेयर ↗
सम्बन्धित

थप विपद र दुर्घटना

सबै हेर्नुहोस्
सांसद श्रेष्ठद्वारा संसदमा तीव्र गतिका सवारी साधन नियन्त्रणको माग सांसद श्रेष्ठद्वारा संसदमा तीव्र गतिका सवारी साधन नियन्त्रणको माग

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अनुष्का श्रेष्ठले सडकमा अत्यधिक भारवाहक सवारी साधनको तीव्र गतिको कारण सर्वसाधारणको ज्यान जोखिममा परेको भन्दै संसदमा सरकारको ध्यानाकर्षण गराएकी छिन्। उनले ललितपुरको कार्यविनायक–नखु सडकखण्डमा भएको दुर्घटनाको उदाहरण दिँदै निर्धारित गति सीमाभन्दा बढी गतिमा सवारी चलाउने प्रवृत्ति बढेको र यसले दुर्घटनाको जोखिम उच्च बनाएको दाबी गरिन्।

3 समाचार · 30 मिनेट अघि
म्याग्दीको सिरुवारीमा पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध, यातायात ठप्प म्याग्दीको सिरुवारीमा पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध, यातायात ठप्प

म्याग्दीको रघुगंगा गाउँपालिका-२ माथिल्लो बैसरी (सिरुवारी)मा पहिरो खसेपछि मुस्ताङलाई चीनको कोरला नाका जोड्ने बेनी-जोमसोम सडकखण्डमा यातायात सम्पर्कविच्छेद भएको छ। पहिरोका कारण बेनीदेखि मुस्ताङ र जोमसोमदेखि बेनीतर्फ आउँदै गरेका सवारीसाधन बीच बाटोमै रोकिएका छन्।

10 समाचार · 2 घण्टा अघि
मनसुनी विपद्: खोज तथा उद्धारका लागि २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा मनसुनी विपद्: खोज तथा उद्धारका लागि २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा

नेपालमा मनसुनी विपद्का घटनामा खोज तथा उद्धारका लागि सरकारले १३४ गोताखोरसहित २६ हजार २१९ सुरक्षाकर्मी तयारी अवस्थामा राखेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार तीनवटै सुरक्षा निकायका जनशक्ति देशभर आवश्यकता अनुसार परिचालित हुनेछन्। प्राधिकरणकी प्रवक्ता शान्ति महतले मनसुनी विपद्का लागि राष्ट्रिय प्रतिकार्ययोजना तयार पारी लागू भइसकेको र निकायहरूलाई जिम्मेवारी तोकिएको बताइन्।

27 समाचार · 2 घण्टा अघि
हुम्लामा भेडा चराउन गएका युवकको लेक लागेर मृत्यु हुम्लामा भेडा चराउन गएका युवकको लेक लागेर मृत्यु

हुम्ला र बाजुरा जिल्लाको सीमा विवादित रानी खर्क लाम्पाटा क्षेत्रमा भेडा चराउन गएका २८ वर्षीय इव रोकायाको लेक लागेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काका अनुसार, थाली सामुदायिक वन क्षेत्रमा मङ्गलबार दिउँसो रोकायाको मृत्यु भएको हो।

3 समाचार · 2 घण्टा अघि