म्याग्दीमा रेडपाण्डाको स्वास्थ्य अवस्था अध्ययन गर्न दिसा परीक्षण सुरु
म्याग्दीको धवलागिरी गाउँपालिका र ढोरपाटन शिकार आरक्ष क्षेत्रमा पाइने सङ्कटापन्न रेडपाण्डा (हाब्रे) को स्वास्थ्य अवस्था अध्ययन गर्न दिसा परीक्षण सुरु गरिएको छ। जैविक विविधता संरक्षण समाज नेपाल (वायोकस) नेपालले दातृ निकाय टोलेडोजुको सहयोगमा यो अध्ययन थालेको हो। यस अध्ययनले रेडपाण्डाको पेट र आन्द्रामा हुने परजीवीको अवस्था पत्ता लगाउनुका साथै स्वचालित क्यामेरामा कैद भएका दृश्यका आधारमा अनुमानित सङ्ख्या पहिचान गर्न सहयोग गर्नेछ।