स्वरोजगार लघुवित्तले १७ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा राखेको छ
स्वरोजगार लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयरधनीको नाममा रहेको १७ हजार ३३७ कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा राखेको छ। यसअघि विद्यमान संस्थापक शेयरधनीका लागि बिक्रीमा राखिएकोमा उनीहरुबाट निवेदन नपरेपछि सर्वसाधारणका लागि आवेदन खुला गरिएको हो।
4 समाचार
·
8 घण्टा अघि
जापानको सहयोगमा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु
जापानको सहयोगमा बिपी राजमार्गको काभ्रेपलाञ्चोकको पिप्लेदेखि बर्खेखोला सडकखण्डको स्थायी पुनर्निर्माण कार्य सुरु भएको छ। नेपालका लागि जापानी राजदूत माएदा तोरु र पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले संयुक्त रूपमा परियोजनाको शिलान्यास गरेका हुन्। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को आर्थिक तथा प्राविधिक सहयोगमा ३.२ किलोमिटर सडकखण्डको पुनर्निर्माण सुरु भएको छ।
32 समाचार
·
1 दिन अघि
असिनाको असरले ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा काभ्रेका किसान चिन्तित
काभ्रेपलाञ्चोकका किसानहरू यसपालि असिना–पानीका कारण बहुमूल्य ‘बुद्धचित्त’को गुणस्तर खस्कने र आम्दानी घट्ने चिन्तामा छन् । वैशाखमा परेको असिना–पानीले बुद्धचित्तका दानामा दाग लागेकाले व्यापारीले गत वर्षजस्तो मूल्य नदिने उनीहरूको भनाइ छ ।
9 समाचार
·
2 दिन अघि
असिनाको कारण काभ्रेका किसानको ‘बुद्धचित्त’को गुणस्तर खस्कने चिन्ता
काभ्रेपलाञ्चोकका किसानहरूले यस वर्ष असिना र पानीका कारण बहुमूल्य मानिने ‘बुद्धचित्त’को गुणस्तर खस्कने र आम्दानी घट्ने चिन्ता व्यक्त गरेका छन् । वैशाखमा परेको असिनाले बुद्धचित्तका दानामा दाग लागेकाले व्यापारीले गत वर्षजस्तो मूल्य नदिने उनीहरूको भनाइ छ ।
4 समाचार
·
2 दिन अघि
काभ्रेका महाभारत र खानीखोला गाउँपालिकामा कफीखेती प्रोत्साहन: प्रतिबोट २० रुपैयाँ अनुदान
काभ्रेपलाञ्चोकको महाभारत र खानीखोला गाउँपालिकालाई कफी हबका रूपमा विकास गर्ने उद्देश्यले किसानलाई कफीखेतीमा आकर्षित गर्न 'जसले रोप्छ कफीको बोट, उसले पाउँछ २० रुपैयाँको नोट' कार्यक्रम सञ्चालन गरिएको छ। यस कार्यक्रमअन्तर्गत कफीको बिरुवा रोप्ने किसानलाई प्रतिबोट २० रुपैयाँ अनुदान दिइनेछ। यसका साथै, प्रतिकिलो बिक्रीमा गाउँपालिकाले ३५ रुपैयाँसम्म अनुदान दिने व्यवस्था छ।
8 समाचार
·
5 दिन अघि