भारतको सहयोगमा ८ जिल्लाका १४ वटा विद्यालय भवन निर्माण हुने
▸ यस स्टोरीको अंश: भारत सरकारको ५६ करोड अनुदानमा ८ जिल्लामा १४ विद्यालय निर्माणका लागि ठेक्का सम्झौता
भारत सरकारको सहयोगमा ८ जिल्लामा १४ वटा विद्यालय निर्माणका लागि शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले गोरखा, नुवाकोट, धादिङ, दोलखा, काठमाडौं, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोक जिल्लामा निर्माण गरिने विद्यालयका लागि ठेकेदार कम्पनीहरूसँग सम्झौता गरेको छ। भूकम्पपछिको पुनर्निर्माण सहायताअन्तर्गत ५६ करोड २ लाख अनुदान सहयोगमा १४ विद्यालयका भवन निर्माण गर्न लागिएको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›