दुर्गा प्रसाईं प्रकरण : २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश
▸ यस स्टोरीको अंश: सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण २४ घण्टाभित्र पेस गर्न आदेश दियो
सर्वोच्च अदालतले मेडिकल व्यवसायी एवं ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंको पक्राउ सम्बन्धमा २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ। न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै उक्त आदेश दिएको हो। सर्वोच्चले लिखित जवाफका साथै आगामी सुनुवाइका दिन प्रसाईंमाथि भइरहेको अनुसन्धानको सक्कल फाइल समेत पेस गर्न सुरक्षा निकायलाई निर्देशन दिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित