बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
▸ यस स्टोरीको अंश: जमुनाहा नाकामा सशस्त्र प्रहरीद्वारा तालिमप्राप्त कुकुर परिचालन
प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-२२ बस्ने ५३ वर्षीय प्रणव लाल सिंहलाई पक्राउ गरेको छ। जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१३ छाउनीबाट पक्राउ गरेको हो। उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि प्रहरी वृत्त जनसेवा काठमाडौं पठाइएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›