सदनप्रति सरकार गैरजिम्मेवार बनेको हर्क साम्पाङको आरोप

यस स्टोरीको अंश: हर्क साम्पाङ भन्छन्- सरकार जनता र सदनप्रति अनुत्तरदायी छ, प्रधानमन्त्रीले जवाफ दिनुपर्छ
nayapage.com · 1 हप्ता अघि

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले वर्तमान सरकार संसद्प्रति उत्तरदायी नभएको भन्दै प्रतिनिधिसभा बैठकमा आक्रोश पोखेका छन् । उनले प्रधानमन्त्री र मन्त्रीहरूलाई सदनमा अनिवार्य उपस्थित गराउन सभामुखसँग कडा रुलिङको माग गरे । जनताका समस्या सरकारसमक्ष पुर्‍याउन खोज्दा मन्त्रीहरू नै गायब हुने गरेको गुनासो गर्दै उनले देशको सिमाना रक्षा, बजारको अनियन्त्रित महँगी, सहकारी पीडितलाई बुझाइँदै गरेको रकमको स्रोत र भूमिहीन सुकुमबासीहरूको व्यवस्थापन जस्ता गम्भीर मुद्दामा जवाफ माग्न खोजिएको बताए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू