‘कृषकको सम्मानलाई राज्यले प्राथमिकता दिनुपर्छ’
▸ यस स्टोरीको अंश: राष्ट्रपति पौडेलद्वारा कृषकको सम्मानलाई राज्यले प्राथमिकता दिनुपर्नेमा जोड
राष्ट्रपति रामचन्द्र पौडेलले कृषकको सम्मानलाई राज्यले नै प्राथमिकता दिनुपर्ने बताएका छन्। उनले मुलुकको समृद्धिको प्रमुख आधार नै कृषि भएको र किसान राष्ट्रका गहना हुन् भन्दै कृषि क्षेत्रलाई जीविकोपार्जन मात्र नभएर राष्ट्र निर्माणको प्रमुख आधारशीलाकारुपमा अघि बढाउनुपर्नेमा जोड दिए। राज्य, निजी क्षेत्र तथा सम्पूर्ण सरोकारवाला निकायहरू एकताबद्ध भएर कृषिमा लगानी, प्रविधि, बजारीकरण तथा युवा सहभागिता अभिवृद्धि गर्न अग्रसर हुनुपर्ने खाँचो औँल्याए।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित