सुर्तिजन्य पदार्थमा करको दरमा व्यापक वृद्धि गरियोस् : गुरु बराल
▸ यस स्टोरीको अंश: एमाले सांसद गुरुप्रसाद बरालले सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्न माग गरे
प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद गुरुप्रसाद बरालले सुर्तिजन्य पदार्थमा करको दर वृद्धि गर्न सरकारसँग माग गरेका छन् । मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद बरालले नेपालमा सुर्तिजन्य पदार्थ सेवनका कारण स्वास्थ्य समस्या र मृत्यु दर बढ्दै गएको भन्दै यसको नियन्त्रणका लागि कर वृद्धि आवश्यक रहेको बताएका हुन् । उनले नेपालमा सुर्तिजन्य पदार्थबाट प्रभावित हुनेको संख्या ८५ लाखभन्दा बढी पुगेको उल्लेख गर्दै १४ देखि २४ वर्ष उमेर समूहका करिब ८ लाख युवा तथा विद्यार्थी यस लतमा फसेको दाबी गरे ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›