एसियाली राजमार्ग : ‘आर्क’ प्रविधिका पुल निर्माण
▸ यस स्टोरीको अंश: एसियाली राजमार्गमा ‘आर्क’ प्रविधिका पुल निर्माण द्रुतगतिमा अघि बढ्यो
एसियाली राजमार्ग (एसियन हाइवे)अन्तर्गत काँकरभिट्टा-लौकही सडक योजना (पश्चिम खण्ड)मा पर्ने तीनवटा पुलको निर्माण द्रुतगतिमा अघि बढेको छ। आयोजनाका प्रमुख जगत प्रजापतिका अनुसार योजनाको पाँचौँ प्याकेजअन्तर्गत झापाको रतुवासहित मोरङको लोहन्द्रा र बक्राहा नदीमा आधुनिक ‘आर्क’ प्रविधिका पुल निर्माण भइरहेका छन्। हालसम्म पुल निर्माणतर्फ ४० प्रतिशत भौतिक प्रगति हासिल भएको उनले बताए। सम्झौताअनुसार आगामी २०८३ माघ १ गतेभित्र पुल निर्माणको काम सम्पन्न गरिसक्नुपर्ने म्याद छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›