चार लेनको आर्क ब्रिजमा ८४ प्रतिशत प्रगति

यस स्टोरीको अंश: दमौलीमा निर्माणाधीन चार लेनको आर्क ब्रिजको ८४% भौतिक प्रगति
www.capitalnepal.com · 1 हप्ता अघि

मुग्लिन-पोखरा सडक खण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको भौतिक प्रगति ८४ प्रतिशत पुगेको छ । व्यास नगरपालिका ४ र ५ मादी नदीमाथि निर्माण भइरहेको पुलको आर्थिक प्रगति ८१.२ प्रतिशत छ । पुल निर्माण तीव्र गतिमा भइरहेको र हाल आर्क डिजाइन निर्माण भइरहेको इन्जिनियर विष्णुप्रसाद पाण्डेले बताए । तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सुरु गरिएको पुलको ठेक्काको म्याद सकिएपछि आगामी असार १९ गतेसम्म म्याद थप भएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू