ट्राफिक प्रहरीद्वारा एक सातामै एक करोड १८ लाख बढी राजस्व सङ्कलन

यस स्टोरीको अंश: काठमाडौं उपत्यकामा २४ घण्टामा २ हजार २९ चालक कारबाहीमा, ४ लाख १७ हजार राजस्व सङ्कलन
nepaltvonline.com · 1 हप्ता अघि

काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले एक सातामै १३ हजार ९० सवारीचालक तथा नियम उल्लङ्घनकर्तामाथि कारबाही गरी एक करोड १८ लाख छ हजार १३ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार कारबाहीमा पर्नेहरूमा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने ६२९ जना, राइड सेयरिङसम्बन्धी नियम उल्लङ्घन गर्ने एक हजार ३६ जना, रातो बत्ती उल्लङ्घन गर्ने एक हजार २८२, तीव्रगतिमा सवारी चलाउने ७७८, लेन मिच्ने ५४०, सडक फुटपाथ अतिक्रमण गर्ने ६४०, ‘नो हर्न’ क्षेत्र उल्लङ्घन गर्ने एक हजार ६४६ तथा एकतर्फी सडकमा सवारी प्रवेश गराउने ७६२ जना चालक कारबाहीमा परेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू